२० अंकले नेप्से घट्दा कारोबार रकम भने पौने ४ अर्बले बढ्यो

काठमाडौं । लगातर बढेको सेयर बजार करेक्सन भएको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.६८ अंकले घटेर ४८२.१५ विन्दुमा पुगेर बन्द भएको हो ।

त्यस्तै सोमबार ७० वटा कम्पनीको सेयर मूल्य बढ्दा १६८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सोमबार ३२५ वटा कम्पनीको ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार रुपैयाँ रह्यो । जुन आइतबारको भन्दा ३ अर्ब ७९ करोड ८५ लाख ८१ हजार रुपैयाँले बढी कारोबार रकम हो । आइतबार भने ३१८ वटा कम्पनीको ४ करोड ३लाख १४ हजार ५१७ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँमा सीमित भएको थियो ।

त्यस्तै सोमबार बजार पूँजीकरण रकम भने ४२ खर्ब २२ अर्ब ३८ करोड ६६ लाख ७२ हजार रुपैयाँ रह्यो । सोमबार १३ वटा समूह परिसूचकहरु मध्ये २ वटा समूहको सेयर मूल्य बढ्दा बाँकी १२ वटा समूहको सेयर मूल्य घटेको छ । वित्त ५६.६२ र जलविद्युत २६.०२ अंकले बढ्दा बैकिङ ०.६२, विकास बैंक् १४२.६१, होटल र पर्यटन १९.७०, लगानी ०.५७, जीवन बीमा २५२.१३, उत्पादन र प्रशोधन १३७.९८, लघुवित्त २०६.३९, म्युअुचल फन्ड ०.१४, निर्जीवन बीमा १४०.७२, व्यापार समूह १७६.२२ र अन्य समूह ०.५६ अंकले घटेको छ ।

सोमबार सबैभन्दा बढी कारोबार हुनेमा शिवम सिमेन्ट लिमिटेड, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल फाइनान्स कम्पनी रह्यो । शिवम सिमेन्ट लिमिटेडको ६१ करोड १२ लाख रुपैयाँ, कुमारी बैंकको ५५ करोड २२ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३९ करोड १८ लाख रुपैयाँ, प्रभु बैंकको ३८ करोड १४ लाख रुपैयाँ र नेपाल फाइनान्स कम्पनीको ३६ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

सोमबरा नेपाल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा मन्दाकिनी हाइड्रोपावर ९ प्रतिशत, बाराही हाइड्रोपावर ८ प्रतिशत, जानकी फाइनान्स ७ प्रतिशत र गणपति लघुवित्त वित्तीय संस्था ७ प्रतिशतले सेयर मूल्य बढ्दै सर्वाधिक कमाउने कम्पनी बने । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको ८ प्रतिशत, बोर्टलस नेपाल (बालाजु) को ८ प्रतिशत, सिद्धार्थ इक्विटी फन्डको ८ प्रतिशत, अभियान लघुवित्त वित्तीय संस्थाको ७ प्रतिशत र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटडको ७ प्रतिशतले सेयर मूल्य घट्दै सर्वाधिक गुमाउने कम्पनी बने ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार