पौने ४ अर्बले कारोबार रकम बढ्दा यस्ता छन् २० वटा बढी कारोबार हुने कम्पनी

काठमाडौं । लगातर बढेको सेयर बजार करेक्सन भएको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.६८ अंकले घटेर ४८२.१५ विन्दुमा पुगेर बन्द भएको हो ।
त्यस्तै सोमबार ७० वटा कम्पनीको सेयर मूल्य बढ्दा १६८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सोमबार ३२५ वटा कम्पनीको ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार रुपैयाँ रह्यो । जुन आइतबारको भन्दा ३ अर्ब ७९ करोड ८५ लाख ८१ हजार रुपैयाँले बढी कारोबार रकम हो । आइतबार भने ३१८ वटा कम्पनीको ४ करोड ३लाख १४ हजार ५१७ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँमा सीमित भएको थियो ।

त्यस्तै सोमबार बजार पूँजीकरण रकम भने ४२ खर्ब २२ अर्ब ३८ करोड ६६ लाख ७२ हजार रुपैयाँ रह्यो । सोमबार १३ वटा समूह परिसूचकहरु मध्ये २ वटा समूहको सेयर मूल्य बढ्दा बाँकी १२ वटा समूहको सेयर मूल्य घटेको छ । वित्त ५६.६२ र जलविद्युत २६.०२ अंकले बढ्दा बैकिङ ०.६२, विकास बैंक् १४२.६१, होटल र पर्यटन १९.७०, लगानी ०.५७, जीवन बीमा २५२.१३, उत्पादन र प्रशोधन १३७.९८, लघुवित्त २०६.३९, म्युअुचल फन्ड ०.१४, निर्जीवन बीमा १४०.७२, व्यापार समूह १७६.२२ र अन्य समूह ०.५६ अंकले घटेको छ ।

सोमबार सबैभन्दा बढी कारोबार हुनेमा शिवम सिमेन्ट लिमिटेड, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल फाइनान्स कम्पनी रह्यो । शिवम सिमेन्ट लिमिटेडको ६१ करोड १२ लाख रुपैयाँ, कुमारी बैंकको ५५ करोड २२ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३९ करोड १८ लाख रुपैयाँ, प्रभु बैंकको ३८ करोड १४ लाख रुपैयाँ र नेपाल फाइनान्स कम्पनीको ३६ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार