५५३ जनालाई लालपुर्जा वितरण

Garima_Business-Loan3

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्षौदेखि बसोबास गरिरहेका तर लालपुर्जा प्राप्त गर्नबाट बञ्चित भएका रुपन्देहीका ५५३ जना स्थानीयबासीलाई लालपुर्जा वितरण गरेका छन् ।

मन्त्री अधिकारीले सोमवार रुपन्देहीको सियारी गाँउपालिकाको ४ वडामा रहेका १९ वटा गाँउब्लकहरुको नापी नक्सा पुरा भएका ५५३ वटा लालपुर्जा वितरण गरेका हुन् । लालपुर्जा पाएपछि जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरु अत्यन्त खुसि भएका थिए । बषौंदेखि जग्गाधनी प्रमाण पुर्जा नहुँदा परेको पिडाबाट मुक्ती पाएको लालपुर्जा प्राप्त गरेपछि सहभागीले बताए ।

लालपुर्जा बितरण कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भूमि आयोग गठनको अन्तिम तयारीमा रहेको बताउदैं भूमिहिनको समस्या स्थायीरुपमा समाधान गर्ने प्रतिवद्धता ब्यक्त गरे । सरकारले पाँच लाख भूमिहिन सुकुम्वासीलाई लालपुर्जा बितरण गर्ने तयारी गरेको उनले जानकारी दिए । गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले मन्त्री अधिकारीका कारण लालपुर्जा बितरणमा सम्भव भएको बताए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार