विद्युतीय भुक्तानी कारोबार आरटीजीएस प्रणाली सबैभन्दा अगाडि, उक्त प्रणालीबाट एकै वर्षमा २२ खर्ब ८७ अर्ब भुक्तानी

काठमाडौं । विद्युतीय भुक्तानी प्रणलाीमार्फत् रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली मार्फत् सबैभन्दा बढी कारोबार भएको छ । राष्ट्र बैंकका अनुसार आरटीजीएस प्रणालीमार्फत् एकै वर्षमा खर्बै कारोबार अर्थात् भुक्तानी हुने गरेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको फागुनसम्म आरटीजीएस प्रणालीमार्फत २२ खर्ब ८७ अर्ब २६ करोड रुपैयाँ कारोबार भएको छ । समीक्षा अवधिमा आरटीजीएस पश्चयात एटिएम, इसिसि, आइपिएस, कनेक्ट आइपिएस , डेबिट कार्ड लगायतका प्रणालीमार्फत् विद्युतीय कारोबार भएको छ ।

समीक्षा अवधिमा एटीएममार्फत् ८१ अर्ब ७३ करोड रुपैयाँ, इसीसीमार्फत् ४ खर्ब ५७ अर्ब ८२ करोड रुपैयाँ, आइपिएसमार्फत् १ खर्ब ५९ अर्ब ९९ करोड रुपैयाँ, कनेक्ट आइपिएसमार्फत् ३ खर्ब ४० अर्ब २ करोड रुपैयाँ, डेबिट कार्डमार्फत् ८५ अर्ब १४ करोड रुपैयाँ र प्रिपेड कार्डमार्फत् १ अर्ब ४१ करोड रुपैयाँ कारोबार भएको छ । समीक्षा अवधिमा इन्टरनेट र्बैकिङमार्फत् १३ अर्ब ८३ करोड रुपैयाँ, मोबाइल बैकिङ १ खर्ब ९१ अर्ब ८२ करोड रुपैयाँ, शाखारहित बैकिङमार्फत् १ अर्ब ५२ करोड रुपैयाँ, बालेटमार्फत् १८ अर्ब १३ करोड रुपैयाँ, क्युआरमार्फत् २० अर्ब ७८ करोड रुपैयाँ पिओसमार्फत् ४ अर्ब ७१ करोड रुपैयाँ र इकमर्शमार्फत् ४७ करोड रुपैयाँ कारोबार भएको छ । पछिल्लो समय विद्युतीय भुक्तानी सहज भएका कारण यसको प्रयोगकर्ताको संख्या बढ्दै गएको राष्ट्र बैंकका अधिकारीहरु बताउछन् । पछिल्लो समय सरकारले पनि विद्युतीय भुक्तानीलाई सरलीकरण गर्दै लैजाने उद्देश्य रहेको कारण पनि यसको संख्या बढ्दै गएको पाइन्छ । विद्युतीय भुक्तानी पूर्वाधारमा बढेको लगानी यसका लागि गरिएको प्रोत्साहन र विद्युतीय उपकरणमा सर्वसाधारण्को पहुँचका कारण विद्युतीय भुक्तानी कारोबार उल्लेख रुपमा बढेको राष्ट्र बैंकका अधिकारीहरु बताउछन् ।

२०७६ भदौ २६ गते देखि राष्ट्र बैंकले औपचारिक रुपमै आरटीजीएस प्रणालीको कार्यान्वयनमा ल्याएको हो । यो प्रणाली लागूभएसँगै चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिने भएको हुदाँ लोकप्रिय हुदै आएको पाइन्छ । बेलायतको प्रावधिक तथा आर्थिक सहयोगमा नेपालमा आरटीजीएस प्रणाली सुरुवात गरिएको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार