सरकारले गर्यो एकैपटक १८ देशमा नेपाली राजदूतको नियुक्ति

काठमाडौं । सरकारले एकैपटक १८ देशका लागि नेपाली राजदूत नियुक्तिको लागी सिफारिस गरेको छ  । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदुत नियुक्ति सम्वन्धी  निर्णय गरेको हो । सिफारिस राजदुतमा  शंकर शर्मालाई भारतीय राजदुतमा नै निरन्तरता दिएको छ यस अघिको सरकारले उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।   भने अमेरिकाका लागि पूर्वमुख्यसचिव लोकदर्श रेग्मीलाई नियुक्त गरिएको बताइएको छ । त्यसैगरी  चीनमा कृष्ण ओली, बेलायतमा चन्द्र घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे र मलेसियामा डा. नेत्र तिमल्सिनालाई राजदुतमा सिफारिस गरिएको छ  ।

राजदुत जर्मनीमा शैल रुपाखेती, साउदी अरबमा नरेशविक्रम ढकाल, इजरायलमा धनप्रसाद पण्डित, पोर्चुगलमा प्रकाशमणि पौडेल र दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ट अस्ट्रेलियामा कान्ता रिजाल, स्पेनमा सनिल नेपाल र पाकिस्तानका लागि रिता धिताल सिफारिस भएका हुन् ।

सिफारिस भएका राजदुतहरु संददीय सुनिवाइ समितबाट अनुमिदित हुनु पर्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार