एकैपटक २१ सचिवको सरुवा कसको पदस्थापना कहाँ

काठमाडौं । हिजो बसेको मन्त्रीपरिषद्को बैठकले एकैपटक नेपाल सरकारका  २१ जना सचिवको सरुवा गरेको छ । सरुवा भएका सचिबमा अर्थ सचिवको जिम्मेवारी राजश्व सचिव डा. रामप्रसाद घिमिरेले पाएका छन् । यस्तै अर्थ सचिवको जिम्मेवारीमा रहेका मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।

अर्थ मन्त्रालयको राजश्व सचिवको जिम्मेवारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेशकुमार घिमिरे आएका  छन् । बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ भने श्रम मन्त्रालयको सचिवको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले पाएका  छन् ।

कुन सचिव कहाँ पुगे

  • अर्थ: रामप्रसाद घिमिरे
  • अख्तियार: घनश्याम उपाध्याय
  • राजश्व: दिनेश घिमिरे
  • रक्षा:रामेश्वर दंगाल
  • श्रम रोजगार तथा समाजिक सुरक्षा: मुकुन्द निरौला
  • लोकसेवाः डिल्लीराम शर्मा
  • सूचना तथा सञ्चारःराधिका अर्याल
  • उपराष्ट्रपति कार्यालय: मधुकमार मरासिनी
  • संघीय मामिला:भरत सुवेदी
  • वित्त आयोगःकिरण राज शर्मा
  • भौतिक पूर्वाधार: केशवकुमार शर्मा
  • ऊर्जा : गोपालप्रसाद सिग्देल
  • राष्ट्रपतिको कार्यालय: नारायण प्रसाद दुवाडी
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय: राजकुमार श्रेष्ठ
  • वाणिज्यः मधुसुदन बुर्लाकोटी
  • सार्वजनिक खरिद: रामकृष्ण सुवेदी
  • नेपाल ट्रस्टः रामाधार शाह
  • खानेपानीः प्रमीला देवी बज्राचार्य
  • जल तथा ऊर्जा आयोगः सुरेश आचार्य
  • राष्ट्रिय तथ्याङ्क कार्यालयः गोकर्णमणि दुवाडी
  • भूमिः अर्जुनप्रसाद पोखरेल

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार