गोल्छा अर्गनाइजेसनले विद्युत प्रसारणलाइनको टावर र पोल नेपालमै बनाउने

काठमाडौं । दिवाकर गोल्छा अर्गनाईजेसन अन्तर्गतको हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले हुलास स्टील युनिट–२ उधोगको स्थापना गरेको छ  । कम्पनीले १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा पर्सा जिल्लाको बेल्वामा हुलास स्टील युनिट–२ उद्योगको स्थापना गरेको हो ।

विभिन्न प्रकारका स्टीलजन्य बस्तुहरु उत्पादन गर्दै आईरहेको हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले समय सापेक्ष रुपमा प्रविधि, क्षमता र रोजगारीलाई विस्तार गर्दै जाने क्रममा नयाँ उद्योग खोलेको जनाएको छ । यो उधोगबाट  विद्युतको प्रसारण लाइनको लागी आवश्यक पर्ने टावरहरु र Single Hot Dip Galvanizing  प्रविधिबाट नेपाल मै पटक १३ मिटरसम्मका पोलहरु उत्पादन गरिने कम्पनीले उल्लेख गरेको छ ।

नयाँ खुलेको उधोगको उद्घाटन मन्त्री उधोग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी तथा मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले संयुक्त रुपमा गरेका हुन् ।

नेपालमा विधुतको माग बढी रहेको अवस्थामा सेवा विस्तार गर्नका लागी प्रसारण लाइन तथा टावर आवश्यक पर्ने भएकोले नेपाल मै पोलको उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हुलास स्टील युनिट – २ उधोगबाट Steel Lattice Towers, Substation Structure, Octagonal Pole, High Mast Pole, Mono Pole, Street Light Pole, Penstock Pipe, Bridge लगायत अन्य विभिन्न प्रकारका स्टीलजन्य बस्तुहरु उत्पादन हुनेछन्  ।

कम्पनीले आयात प्रतिस्थापन गरी , रोजगारी श्रृजना गर्ने, विदेशी मुद्राको बचत र राजश्व बृद्धि लगायत मेक इन नेपालको अवधारणालाई सार्थक बनाउने बताएको छ  ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार