पोखरामा यति एयरलाइन्स दुर्घटना : सुन्नुहोस् पाइलटहरुको संवाद

Garima_Business-Loan3

काठमाडौं । २०७९ माघ १ गते पोखरामा भएको दुर्घटना भएको यति एयरलाइन्सका पाइलट र कोपाइलटका संवाद सार्वजनिक भएको छ । ग्राउण्ड जिरो युटुब च्यानलले सार्वजनिक गरेको अडियोमा पाइलट कमल केसीले कोपाइलट अन्जु खतिवडालाई विमान पोखराको आकाशमा हुदाँँ ल्यान्ड गर्नका लागि निर्देशन दिदै गर्दा दुर्घटनाग्रस्त हुन पुगेको देखिन्छ ।

काठमाडौंबाट पोखराका लागि उडेको यतिको एटिआर–७२ विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि सेती खोच नयाँगाउँमा दुर्घटना भएको थियो ।जहाज दुर्घटनामा परी ७२ जनाको निधन भएको थियो। जहाजको दुर्घटना पश्चयात तत्कालीन सरकारले पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोग निर्माण गरेको थियो । उक्त आयोगले करिब नौ महिना लगाएर तयार पारेको प्रतिवेदनले चालक दलको कमजोरीले दुर्घटना भएको निष्कर्ष निकालेको थियो ।

ग्राउण्ड जिरो युटुब च्यानलले सार्वजनिक गरेको अडियोमा पनि चालकदलको कमजोरी  देखिन्छ ।

सुन्नुहोस् पाइलट केसी र कोपाइलट खतिवडा बीच भएको संवाद

पाइलट: अहिले हामी वान जिरो डेभिड सिक्स फाइभ । अहिले फाइभ थ्री भएपनि टेरेन (डाँडा) आउँदैन रछ । हामी सिक्स फाइभ धेरै माथि पो रहेछौं त पहिला । अब हेयरिङ मोड तिर जाऔं अलिक राइट तिर बस यसले ठिक लादैन राइट हेरियङ थीवानजिरो हेयरिङ ।

कोपाइलट: हजुर ।

पाइलट: वानवानफाइभ छ । त्यहाँ त्यसमा चाँही बल्ल सेटल हुन्छ रनवे वानटु जिरो चाँही वानवानफाइभमा सेटल हुन्छ ।

कोपाइलट: ए..ए..

पाइलट: झर्दै जाउँ फोरवान सम्म झरेहुन्छ । अनि पहिला पुरानो पासमा पार है सानो ठाउँमा ।

कोपाइलट: ए.. हुन्छ हुन्छ ।

पाइलट: तिमी जेट स्ट्रिममा हुँदा त गरेको हो त सबै ।

कोपाइलट: हो हो.. गरेको हो ।

पाइलट: त्यो पासमा थ्री थाउजेण्ड फाइभ हन्ड्रेजजति झर्ने फ्लाप्ससहित लिएर है । उ त्याँ रनवे भिजुवल छ । अझै राइटमा बस राइट ह्या्ड डाउन, ए लेफ्ट ह्याण्ड डाउन ।

पाइलट: पुरानो एयरपोर्टमा बेस बनाउ है ।

कोपाइलट: बेस बनाउनु परो ?

पाइलट: हजुर, टु टुलाई बेस बनाएर भीओआर हेर ।

कोपाइलट: अँ । भिजुअल..

पाइलट: त्यसपछि कन्टिन्यू टर्नको टर्न नै गर है ।

पाइलट: फोर फाइभ, १७० स्पिड ठिकै छ ।

कोपाइलट: हजुर ।

पाइलट: अ ठ्याक्क त्यो डाँडामा ।

कोपाइलट: ओके ।

पाइलट: धेरै जनालाई गराइसकेँ । कम्फर्टेबल नै छ त्यस्तो अनकम्फर्टेबल छैन । बिहान मात्र हो अर्लि मर्निङमा चाँही डाइरेक्ट आँखामा घाम आउँछ अनि मिस्ट (तुँवालो) हुन्छ । त्यतिले मात्र हो ।

कोपाइलट: अब यो ५ माइल्स बाट चाँही झर्ने । होइन त अब ?

पाइलट: ओके । डाउन टू थ्री थाउजेन्ड । फाइनलमा चाहीँ थ्री थाउजेन्डमा ठिक्क हुन्छ ।

(टावरसँग पाइलटले विमान अवतरणका लागि सम्पर्क गर्छन्)

पाइलटः पोखरा एति एयरलाइन्स सिक्सनाइनवान । ड्राइभिङ लेफ्ट एन्ड डाउन फर रन वे वानटु ।

(ल्यान्डिङ गर्न अनुमति प्राप्त भएको )

पाइलट: त्यो दुईवटा डाँडाको बीचमा ल्याउँ है । थ्री फाइभ मात्र र धेरै तल पनि नजाउ । धेरै टेरेन आएको आइगर्छ । त्यो रेडियो नेपालको टावर याद गरेको थिएन होला उ त्यो चाँही हो त्यो ठूलो । डाँडाको अलि यता । धेरै लङ बनाउन खोज्यौं भने त्यो टावर तिर पुग्छ नि फेरि । त्यता जानु हुँदैन ।

पाइलट: ओके अब डाउन ।

कोपाइलट: अब म्यानुअल लिने हो सर ?

पाइलट: ए पर्दैन । एकछिन ठिकै छ । सिधा गइन्जेल पर्दैन । त्यसपछि लास्टमा चाँही म्यानुअल ।

केही सेकेन्डपछि ।

पाइलट: ल अब यहाँबाट चाँही म्यानुअल लिए हुन्छ ।

(ककपिटमा टुँ…टुँ.. आवाज आउँछ ।)

कोपाइलट: ओके ।

पाइलट: फ्ल्यास लिभर वान फिफ्टी । फ्लाप्स थर्टी झर्दै जाउँ है ।

पाइलट: रेडि फर ल्यान्डिङ । ल्यान्डिङ गियर…
कोपाइलटः डाउन ।

पाइलटः फ्लाप्स
कोपाइलटः थर्टी ।

पाइलट: ट्रान्समिसन
कोपाइलट: टेकअफ

(अस्पष्ट निर्देशन र जवाफ)

पाइटलः एक्सटर्नल लाइट ।
कोपाइलटः अन ।

कोपाइलटः के आयो ?

पाइटलः हेर ।

कोपाइलटः एयर लिफ्ट भनेर आइरहेको छ ।

(ककपिटमा जहाजको उचाइ संकेत ध्वनी बज्छ ।)

कोपाइटलः कन्टिन्यु टर्न होइन ?
पाइटलः हो ।

पाइलट: यो नयाँ एयरपोर्ट पट्टी अलिक तलै ।
कोपाइलट: तलै जानु परो ?

पाइलट: होइन होइन तल होइन । यो यत्तिकै ठिक छ पावर हाल है ।

कोपाइलट (आत्तिँदै): पावरै आएन । (झन् डराउँदै) पावरै आएन त ।

(रनवे वानटुमा ल्यान्ड गर्न एटीसीको संकेत)

पाइलट: पावर.. अगाडि हाल्नु परो नि !
कोपाइलट (डराउँदै):आएन सर, टर्क नै आएन के सर ।

पाइलट: यता जाउ त ।

कोपाइलटः यो डुअल ल्यान्डिङ है सर ।
पाइलटः हँ ।
कोपाइलटः टर्क नै आएन के सर । यो आउनुपर्ने नि त टर्क यतातिर के सर । ओके..

पाइलट: के भयो ?

त्यस लगत्तै विमान दुर्घटना भएको छ  ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार