नेप्से ३५ अंकले बढ्दा कारोबार रकम २ अर्ब ३४ करोडले घट्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुवै बढेको छ । सोमबार घटेको सेयर बजार मंगलबार सुधार हुदाँ नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२३ अंकले बढेर ४८५.३८ विन्दुमा पुगेर बन्द भएको छ ।

मंगलबार १८९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । मंगलबार ३२९ वटा कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता सेयर २ लाख ६ हजार ६४३ पटक करोबार हुदाँ कारोबार रकम भने १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँ रह्यो । सोमबारको तुलनामा मंगलबार कारोबार रकममा २ अर्ब ३४ करोड २७ लाख ८६ हजार रुपैयाँले कमी आएको छ । सोमबार भने ३२५ वटा कम्पनीको ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार रुपैयाँ रहेको थियो । त्यस्तै बजार पूँजीकरण रकम भने ४२ खर्ब ७८ अर्ब ७९ करोड ७७ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै मंगलबार १३ वटा समूह परिसूचकहरु मध्ये ९ वटा समूहको सेयर मूल्य बढ्दा बाँकी ४ वटा समूहको सेयर मूल्य घटेको छ । विकास बैंक १२४.०५, वित्त १८३.३०, होटल र पर्यटन ३९८.१७, जलविद्युत १००.०६, लगानी ३.०६, जीवन बीमा ७२.७२, उत्पादन र प्रशोधन २७.४४, लघुवित्त ५२.७१ र अन्य समूह ६८.०१ अंकले बढ्दा बैकिङ १२.०५, म्युअुचल फण्ड ०.०३, निर्जीवन बीमा ४८.३५ र व्यापार २१.२४ अंकले घटेको छ ।

त्यस्तै मंगलबार सबैभन्दा बढी कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स, शिवम सिमेन्ट, सोल्टी होटल, नेपाल फाइनान्स र चिलिमे हाइड्रोपावर कम्पनी रह्यो । हिमालयन रिइन्स्योरेन्सको ६० करोड १० लाख रुपैयाँ, शिवम सिमेन्टको ३७ करोड ६७ लाख रुपैयाँ, सोल्टी होटलका ३६ करोड ४३ लाख रुपैयाँ, नेपाल फाइनान्सको ३५ करोड ३८ लाख रुपैयाँ र चिलिमे हाइड्रोपावर कम्पनीको २७ करोड ७६ लाख रुपैयाँ कारोबार भयो ।

मंगलबार प्रोगेशिभ फाइनानस, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र सीइडीबी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सबैभन्दा बढी कमाउने कम्पनीहरु बने । त्यस्तै एशियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ प्रतिशत, ग्लोबल आइएमइ ब्यालेन्स फन्ड १ को ५ प्रतिशत, प्रभु बैंक डिबेन्चर २०८७ को ४ प्रतिशत र युनिलिभर नेपाल लिमिटेडको ४ प्रतिशतले सेयर मूल्य घटदै सबैभन्दा बढी गुमाउने कम्पनी बने ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार