प्रभु बैंक र र्याडिसन होटल, काठमाडौं बीच विशेष छुट सम्झौता

Garima_Business-Loan3

काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई लाजिम्पाट, काठमाडौं स्थित र्याडिसन होटल, काठमाडौंसँग होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ । र्याडिसन होटल, काठमाडौं एक अन्तर्राष्ट्रिय होटल चेन अन्तर्गत बिगत दुई दशक भन्दा बढि समयदेखि नेपालको पर्यटकिय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिईरहेको एक अग्रणि पाँच तारे होटल हो । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र मार्केटिङ्ग म्यानेजर सबिन राणा तथा र्याडिसन होटल, काठमाण्डौंका तर्फबाट निर्देशक ९ँययम बलम द्यभखभचबनभ० केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरु मध्ये खाना, पेस्ट्री सप, ट्र्रानक्युलिटी स्पाका साथै र्याडिसन होटल काठमाडौंले संचालन गरेको विभिन्न रेस्टुरेन्टहरु बाट १० प्रतिशतदेखि २० प्रतिशतसम्म भुक्तानी छुट पाउनेछन् ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार