नेप्सेमा यस्ता छन् २० वटा सैबभन्दा बढी कारोबार हुने कम्पनी

Garima_Business-Loan3

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुवै बढेको छ । सोमबार घटेको सेयर बजार मंगलबार सुधार हुदाँ नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२३ अंकले बढेर ४८५.३८ विन्दुमा पुगेर बन्द भएको छ ।
मंगलबार १८९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । मंगलबार ३२९ वटा कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता सेयर २ लाख ६ हजार ६४३ पटक करोबार हुदाँ कारोबार रकम भने १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँ रह्यो । सोमबारको तुलनामा मंगलबार कारोबार रकममा २ अर्ब ३४ करोड २७ लाख ८६ हजार रुपैयाँले कमी आएको छ । सोमबार भने ३२५ वटा कम्पनीको ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार रुपैयाँ रहेको थियो । त्यस्तै बजार पूँजीकरण रकम भने ४२ खर्ब ७८ अर्ब ७९ करोड ७७ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

मंगलबार १३ वटा समूह परिसूचकहरु मध्ये ९ वटा समूहको सेयर मूल्य बढ्दा बाँकी ४ वटा समूहको सेयर मूल्य घटेको छ । विकास बैंक १२४.०५, वित्त १८३.३०, होटल र पर्यटन ३९८.१७, जलविद्युत १००.०६, लगानी ३.०६, जीवन बीमा ७२.७२, उत्पादन र प्रशोधन २७.४४, लघुवित्त ५२.७१ र अन्य समूह ६८.०१ अंकले बढ्दा बैकिङ १२.०५, म्युअुचल फण्ड ०.०३, निर्जीवन बीमा ४८.३५ र व्यापार २१.२४ अंकले घटेको छ ।

त्यस्तै मंगलबार सबैभन्दा बढी कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स, शिवम सिमेन्ट, सोल्टी होटल, नेपाल फाइनान्स र चिलिमे हाइड्रोपावर कम्पनी रह्यो । हिमालयन रिइन्स्योरेन्सको ६० करोड १० लाख रुपैयाँ, शिवम सिमेन्टको ३७ करोड ६७ लाख रुपैयाँ, सोल्टी होटलका ३६ करोड ४३ लाख रुपैयाँ, नेपाल फाइनान्सको ३५ करोड ३८ लाख रुपैयाँ र चिलिमे हाइड्रोपावर कम्पनीको २७ करोड ७६ लाख रुपैयाँ कारोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार