नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको संस्थापक शेयर बिक्रिमा, सर्वसाधारण ब्यक्ति संस्थाले किन्न पाउने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको संस्थापक शेयर बिक्रिमा रहेको छ । उक्त संस्थापक शेयर खरिद गरी लिन ईच्छुक हाल कायम यस बैंकका संस्थापक शेयरधनीहरुलाई नै पहिलो  प्राथमिकता रहेकाले बिध्यमान शेयरधनीलाई सो शेयर खरिद को लागि बैङ्कले सुचना प्रकाशन गरेको थियो ।

उक्त समयावधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुवाट कुनै माग आबेदन नआएकोले संस्थापक शेयरधनी वाहेक अन्य व्यक्ति / संस्थालाई खरिद गर्ने को लागि बैङ्कले आब्हान गरेको छ ।

शेयर खरिद गर्न चाहने इच्छुक व्यक्ति संस्थाले बैङ्कको केन्द्रीय कार्यलय लाजिम्पाट, काठमाण्डौमा सात दिन भित्र निवेदन दिन भनेको छ  ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार