सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड, यस्तो तरिकाबाट हेर्न सकिन नतिजा

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज (बुधबार) बिहान ८ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो।

एफपीओको नतिजा केही समयमा प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ । एफपीओको नतिजा बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट https://www.kumaricapital.com/, र सिडीएसले सार्वजनिक निष्काशनको नतिजा हेर्नको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट नतिजा हेर्न सकिने छ । यी वेबसाइटमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । त्यस्तै सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login बाट आफुले आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर नतिजा हेर्न सकिने छ ।

क्यापिटलका अनुसार एफपीओमा १५ लाख ६४ हजार ४ सय २३ जनाको आवेदन परेको थियो । जस मध्ये ११ सय १ जनाको आवेदन रद्द भई १५ लाख ६३ हजार ३ सय २२ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार एफपीओमा ४७३.५३ गुणा बढीको आवेदन परेको थियो। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस मध्ये ४ हजार ६ सय ७२ जनाले मात्र शेयर पाएका छन् भने अन्य आवेदक हात खाली भएका छन्। शेयर पाएका ४ हजार ६ सय ७२ जना मध्ये ९ जनाले ११ कित्ता शेयर पाएका छन् भने एक जनाले १०.५४५ कित्ता शेयर पाएका छन् । बाँकिले १० कित्ता शेयर पाएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार