“लक्ष्मी उन्नती कोष” र “लक्ष्मी भ्यालु फण्ड २” को प्रतिफल घोषणा

काठमाडौं । लक्ष्मी सन्राइज बैंक लिमिटेड कोष प्रवद्र्धक तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “लक्ष्मी उन्नती कोष” र “लक्ष्मी भ्यालु फण्ड २” नामक बन्दमुखी योजनाहरुको आर्थिक २०८०/८१ को लेखापरिक्षण कार्य सम्पन्न भई योजना व्यवस्थापकको मिति साउन १४  गते बसेको संचालक समितिको १४४ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि “लक्ष्मी उन्नती कोष” का इकाईधनीहरुलाई कर सहित ७.५% प्रतिफल र “लक्ष्मी भ्यालु फण्ड २” का इकाईधनीहरुलाई कर सहित ४.५% प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

साथै “शुभ लक्ष्मी कोष” नामक खुलामुखी योजनाको आर्थिक २०८०/८१ को लेखापरिक्षण कार्य सम्पन्न भई योजना व्यवस्थापकको साउन १४ गते बसेको संचालक समितिको १४४ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित ७.५% प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

“शुभ लक्ष्मी कोष” एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित डिपि शुल्क कट्टी पछि) बराबरको रकमबाट सो लाभांश वितरण पश्चात् समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan) मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको छ । यस अघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराई सक्नु भएका योग्य इकाईधनीहरुको हितग्राही खाता (DEMAT ACCOUNT) मा यथासिघ्र इकाईहरु पठाईने व्यहोरा जानकारी गराइएको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार