विकास ऋणपत्रमार्फत् १० अर्ब आन्तरिक ऋण उठाउदै सरकार

काठमाडौं । सरकारले विकास ऋणपत्रमार्फत् १० अर्ब रुपैयाँ बजारबाट उठाउदै छ । सरकारले आन्तरिक ऋणको रुपमा विकास पत्रमार्फत् १० अर्ब रुपैयाँको ११ वर्ष अवधिको विकास ऋणपत्र २०९२ मार्फत् बजारबाट पैसा उठाउन लागेको हो ।

ब्याजदर बोलकबालेको माध्यमबाट निर्धारण हुने बताउदै राष्ट्र बैंकले इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी र संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । धितोको रुपमा भने ऋणपत्र धितो राखी कर्जा लिन÷दिन सकिन्छ । बुधबार विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म बोलकबाले गरिनेछ । साँवा भुक्तानी २०९२ साउन १७ गते राखिएको छ । भने ब्याज भुक्रानी अर्थवार्षिक ( आयकर लाने) को हकमा भनिएको छ ।

विकास ऋणपत्र दुइ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र भएको राष्ट्र बैंकले जनाएको छ । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्म रहेका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार