७१ प्रतिशतले घट्यो आत्मनिर्भर लघुवित्तको नाफा

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा लघुवित्त संस्थाको नाफा १ करोड ३९ लाख ६९ हजार रुपैयाँ रहेको छ । जुन आर्थिक वर्ष २०७९÷८० को तुलनामा ७१.२६ प्रतिशत अर्थाूत् ३ करोड ४६ लाख ३८ हजार रुपैयाँले कमी हो । आर्थिक वर्ष २०७९÷८० मा ४ करोड ८६ लाख रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०८०÷८१ माम संस्थाको कुल ब्याज आम्दानी १२ करोड ३८ लाख २९ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९÷८० मा कुल ब्याज आम्दानी ११ करोड ९५ लाख ५९ हजार रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०८०÷८१ मा कुल सञ्चालन आम्दानी १४ करोड २२ लाख ५५ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९÷८० मा कुल सञ्चालन आम्दानी ६ करोड ६४ लाख १९ हजार रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०८०÷८१ माम संस्थाको सञ्चालन मुनाफा ८ करोड ६१ लाख ५५ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन मुनाफा ३ करोड ३८ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०८०÷८१ मा कुल दायित्व १ अर्ब ६९ करोड ६३ लाख १० हजार रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७९÷८० मा १ अर्ब ५३ करोड ४८ लाख ६२ हजार रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०८०÷८१ मा कुल सम्पत्ति १ अर्ब ६९ करोड ६३ लाख १० हजार रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७९÷८० मा १ अर्ब ६३ करोड ८७ लाख ८६ हजार रुपैयाँ रहेको थियो । संस्थको खराब कर्जा भने बढेको छ । आर्थिक वर्ष २०८०÷८१ मा संस्थाको खराबज कर्जा १३.२२ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७९÷८० मा ७.५८ प्रतिशत रहेको थियो । संस्थाको चुक्ता पूँजी ६ करोड ८५ लाख ७१ हजार रुपैयाँ रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार