बैंक तथा वित्तीय संस्थाहरुको असल कर्जा प्रोभिजन घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको असल कर्जा प्रोभिजन घटाएको छ। केन्द्रिय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दौ असल कर्जा प्रोभिजन घटाएको हो।

संशोधन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले असल कर्जामा १.१० प्रतिशत कर्जा प्रोभिजनको व्यवस्था गर्नु पर्नेछ। पुनानो व्यवस्थामा असल कर्जाको हकमा १.२० प्रतिशत कर्जा प्रोभिजन गर्नु पर्ने थियो। नयाँ व्यवस्था अनुसार असल कर्जाको हकमा ०.१० प्रतिशत विन्दुले प्रोभिजन कम गरिएको हो।

एक वर्ष भन्दा बढी ग्रेस अवधि भएका उर्जा लगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरुमा प्रवाहित असल कर्जाहरुको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुपातिक रुपमा कर्जा नोक्सानी व्यवस्था गरी अन्तिम वर्ष १.१० प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने छ । उदाहरणको लागि, कुनै कर्जाको ग्रेस अवधि ४ वर्ष रहेछ भने त्यस्तो कर्जाको लागि पहिलो वर्ष ०.२७५प्रतिशत, दोस्रो वर्ष ०.५५ प्रतिशत, तेश्रो वर्ष ०.८२५ प्रतिशत र चौथो वर्षदेखि १.१० प्रतिशत साधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने छ ।

यस अघि एक वर्ष भन्दा बढी ग्रेस अवधि भएका उर्जा लगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरुमा प्रवाहित असल कर्जाहरुको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुपातिक रुपमा कर्जा नोक्सानी व्यवस्था गरी अन्तिम वर्ष १.२० प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने छ । उदाहरणको लागि, कुनै कर्जाको ग्रेस अवधि ४ वर्ष रहेछ भने त्यस्तो कर्जाको लागि पहिलो वर्ष ०.३० प्रतिशत, दोस्रो वर्ष ०.६० प्रतिशत , तेश्रो वर्ष ०.९० प्रतिशत र चौथो वर्षदेखि १.२० प्रतिशतसाधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने व्यवस्था थियो ।

यस्तो छ पूर्णपाठ

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार