वर्षातमा गाडी जोगाउने उपाय

काठमाडौं । मनसुन सुरु भएसँगै अत्याधिक वर्षा हुनेगर्छ । अरु मौसमको तुलनामा वर्षाको समयमा गाडीलाई विशेष रेखदेखको आवश्यकता पर्छ ।

वर्षातमा हिलो, खाल्टाखुल्टि, जमेको पानी लगायतका कारण सडकको अवस्था खराब हुन्छ । खराब बाटोमा गाडी चलाउँदा स्वाभिवक रुपमा गाडीमा समस्या आउँछ । त्यसैले अन्य मौसमको तुलनामा वर्षातमा गाडीको रेखदेखमा ध्यान दिनु जरुरी हुन्छ ।

खराब बाटोका कारण गाडीका पार्टपुर्जा बिग्रने तथा प्राविधिक समस्या आउन सक्छ । यस्तो अवस्थाबाट बच्न गाडीलाई विशेष ध्यान दिनुपर्ने हुन्छ।

वर्षातको समयमा सडकका खाल्टाखुल्टीमा जमेको पानी गाडीको टायर भन्दा माथि आउन सक्छ । खाल्टाखुल्टी त्यसमाथि पानी जमेको सडकमा गाडी चलाउनु जोखिम पूर्ण हुनुका साथै गाडीको स्वास्थ्यका लागि हानीकारक हुन्छ । तर वर्षातको समयमा खाल्टाखुल्टी रहित र पानी नजम्ने सडक हाम्रो देशमा भेट्न मुस्किल छ। पछिल्लो समय सरकारले राजमार्ग विस्तार गरिरहेकाले ती सडकको अवस्था झन् नाजुक छ । राजधानीको केही मुख्य सडक बाहेक अन्य सडकको अवस्था पनि अपेक्षाकृति रुपमा राम्रा छैन ।

पानी जमेको ठाउँबाट गाडी स्पिडले निकाल्न खोज्दा पानी गाडीको इन्जनसम्म पुग्छ र इन्जनमा समस्या आउनसक्छ। यस्तोबेला गाडी बिस्तारै चलाएर निकाल्नु राम्रो हुन्छ।

यदि कुनै कारणवस गाडी पानीको खाल्टोमा बन्द भयो भने त्यसलाई धेरै स्टार्ट गर्ने कोसिर गर्नु राम्रो हुँदैन । बारम्बार स्टार्ट गर्ने कोशिस गर्दा ब्याट्रीले अतिरिक्त शक्ति खर्च गर्छ र ब्याट्री नै ड्यामेज हुन सक्छ । साथै पानीको सम्पर्कमा इन्जिन रहने हुँदा इन्जिन पनि प्रभावित हुन्छ । यस्तोमा गाडीलाई धक्का लगाएर निकालेर नजिकको ग्यारेजमा लग्नु उचित हुन्छ । यसले इन्जिनको सुरक्षा हुनसक्छ ।

गाडीमा भएका ब्याट्रीदेखि लिएर पेट्रोलसम्मका सबै ड्यासबोर्डमा इन्डिकेटिंङ लाइटहरु हुन्छन् । यसमा क्ुनै सिस्टममा खराबी आउनासाथ यो जल्ने संभावना रहन्छ। त्यसैले यसको सुरक्षामा ध्यान दिनु आवस्यक हुन्छ।

यदि ‘ओइल प्रेसर’ ठीक नभएर ‘ओइल लाइट’ जल्छ । यस्तो अवस्थामा गाडी चलाउनु हुँदैन् । गाडीलाई अर्को कुनै सवारीका मद्दतले वर्कशपमा लैजानु पर्छ ।

पानी परेको समयमा गाडी रोक्नुर्दा थोरै एक्सिलेटर दिरहनुपर्छ । जसले साइलेन्सरमा पानी या हिलो जान पाउँदैन् र गाडी सुरक्षित रहनसक्छ।

वर्षातको समयमा ‘वाइपर’को धेरै आवस्यकता पर्छ। यो मौसममा गाडी चलाउनु भन्दा पहिला वाइपरको ब्लेड चेक गर्नुपर्छ ।

वर्षातमा गाडीको पार्कीङ लाइट, हेड लाइट, इंडिकेटर चालू राख्नुपर्छ। गाडीमा हिलो लाग्यो भने त्यसलाई सक्दो छिटो पखाल्नुहोस्। धेरै समयसम्म गाडीमै हिलो नछोड्नुहोस् । एजेन्सीको सहयोगमा

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार