लगानी गरेको कम्पनी कालो सूचीमा परेको आधारमा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल कालो सूचीमा नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको लागि एकीकृत निर्देशन जारी गरेको छ। चालु आवको मौद्रिक नीतिमा केन्द्रिय बैंकले लगानी गरेको कम्पनी कालो सूचीमा परे पनि प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल कालो सूचीमा नपर्ने उल्लेख थियो ।

उक्त व्यवस्थालाई केन्द्रिय बैंकले एकीकृत निर्देशन मार्फत स्पष्ट गरेको छ ।

स्वदेशी (PEVC)  संस्थाको ५० प्रतिशत वा सो भन्दा कम सेयर लगानी रहेको साना तथा मझौला उद्योग कालोसूचीमा परेको कारणले मात्र त्यस्ता Private Equity Venture Capital (PEVC  संस्थालाई कालोसूचीमा समावेश गरिने छैन ।

प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटलले विभिन्न कम्पनीमा लगानी गर्ने गरेका हुन्छन । कुनै कारणबस (PEVC)ले लगानी गरेको कुनै कम्पनी कालोसूचीमा परेमा लगानीकर्ता प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटल पनि  कालोसूचीमा पर्ने व्यवस्था थियो ।

नेपाल प्राइभेट इक्विटी एसोसिएसनले कालोसूचीमा पर्ने व्यवस्था पुनरावलोकन गर्न माग गर्दै आएको थियो । विदेशी लगानीको  प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल पहिलैदेखि  कालोसूचीमा नपर्ने व्यवस्था थियो ।

यस अघि  ५० प्रतिशतभन्दा बढी विदेशी लगानी रहेका संस्थाहरुले Private Equity Venture Capital (PEVC) मार्फत लगानी गरेको साना तथा मझौला उद्योग कालोसुचीमा परेको कारणले मात्र (PEVC सञ्चालन गर्ने संस्थालाई कालोसूचीमा समावेश गरिने छैन ।

स्वदेशी  प्रइभेट इक्विटी भेन्चर क्यापिटललाई भने अब यो व्यवस्था लागु हुनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार