रिलायन्स फाइनान्स लिमिटेडले संस्थापक शेयर विक्रीमा सर्वसाधारणले किन्न पाउने

काठमाडौं ।  रिलायन्स फाइनान्स लिमिटेडले संस्थापक शेयर विक्रीमा रहेको छ  ।

यसअघि कम्पनीले ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले तोकिएको समयसम्म कुनै पनि संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेपछि उक्त शेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघसंस्थाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार