नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा विध्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं ।नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको  १ लाख कित्ता संस्थापक शेयर संस्थापक शेयर बिक्रीमा रहेको छ । कम्पनीका बिध्यमान संस्थापक शेयरधनीले मात्रै सो  खरिदका लागि आवेदन दिन सक्नेछन्।

शेयर खरीद गर्न इच्छुक बिध्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिन भनेको छ  । बिक्रीमा रहेको  शेयरको मूल्य नियमानुसार हुने प्रचलित मूल्य भन्दा कम नहुने कम्पनीले जनाएको छ ।

कम्पनीले तोकेको उक्त समयावधि भित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै आवेदन नपरेमा सो शेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थामा बिक्री गरिने कम्पनीले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार