हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।  हिमालयन लाइफ इन्स्योरेन्सको  ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । कम्पनीको संस्थापक शेयरधनी म्युचल ट्रेडिङ कम्पनीको नाममा रहेको २ लाख २८ हजार ६७८ कित्ता र हिमालयन एक्जिमको नाममा रहेको २ लाख २७ हजार ८५५ कित्ता शेयर बिक्रीमा राखेको हो ।

सो  शेयर अहिले कम्पनीका विध्यमान संस्थापक शेयरधनीले मात्रै किन्नका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले   ३५ दिन भित्र कम्पनीको कानुन शाखामा आवेदन दिन सक्नेछन् ।

तोकिएकोसमयमा  संस्थापक शेयरधनीबाट शेयर खरिदको लागि आवेदन नपरेमा कम्पनीले सर्वसाधारण व्यक्ति तथा सस्थालाई शेयर बिक्रि गर्ने जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार