हिमालय मोटरक्स डिपलको पोखराको बिक्रेता

काठमाडौं । पछिल्लो समयमा नेपाली बजारमा लोकप्रिय बनेको चिनियाँ विद्युतिय गाडी (Deepal) दिपलको लागि नेपालको आधिकारीक बिक्रेता एमएडब्लु बृद्घि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गानाईजेशन अन्तर्गतको हिमालय मोटरक्स प्रालिलाई नियूक्त गरेको छ ।

पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटरक्सको शोरुममा गई दिपल गाडि बुकिङ्ग गर्न सकिने छ । नेपाली बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल यो गाडि पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ । टेस्ट ड्राईभको लागि एक साता भित्र गाडि पोखरामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

दिपलको एस ०७ र एल ०७ लगाएत अन्य मोडेलहरु उपलब्ध हुने बताईएको छ । गाडि बुकिङ्ग गर्ने ग्राहकहरुलाई एक साता भित्रै गाडि उपलब्ध गराईने कुरा कम्पनीले जानकारी गराएको छ । दिपलको एस ०७ इ एसयूभी इन्टेलीजेन्ट र लक्जरियस रहेको कम्पनीको दावी छ । नेपालमा यो गाडिको मुल्य ७४ लाख ९९ हजार रुपैँया तोकीएको छ । सिंगल चार्जमा ४१० देखी ४८५ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ । एल ०७ को मुल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

हिमालय अर्गनाईजेशन अन्र्तगतको आयम इन्टरकन्टिनेनटल प्रा.लि.फोर्स मोटर्सका गाडिको लागि नेपालको आधिकारिक विक्रेता हो । विगत ३ दशक भन्दा बढि समय देखि यस अर्गनाईजेशन अटोमोवाइल्स ब्यवसायमा सक्रिय रहदैँ आएको छ । यो समुहका अध्यक्ष ध्रुव थापा हुन । उनी नाडाको निर्वतमान अध्यक्ष समेत हुन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार