दारी ग्याङ फुटसल प्रतियोगिताको टिम दर्ता फारम खुल्ला

काठमाडौं । सामाजिक सञ्जालमा चर्चित शिक्षित युवाहरु समूह दारी ग्याङले आफ्नो पहिलो फुटसल टुर्नामेन्टको लागि टिम दर्ता खुलाएको छ । प्रतियोगित भदौ १४ र १५ गते हुन गईरहेको फुटसल टुर्नामेन्ट देश भरीका ३२ टिमले लिग चरण र त्यसपछी नकआउट चरणमा प्रतिस्पर्धा गर्ने छन् ।

पहिलो संकरणको दारी ग्याङ फुटसल टुर्नामेन्ट काठमाडौंले आयोजना गर्दैछ। प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँका साथ ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन्। त्यस्तै उपविजेताले रु ३० हजार रुपैयाँका साथ मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दारी ग्याङ सक्रिय सदस्य तथा दारी ग्याङ फुटसल ब्यबस्थापन समिती सदस्य निरोज कुमार भट्टराईले जानकारी गराए ।

‘परोपकारको लागि खेलकुद’ शीर्षक दिइएको यो प्रतियोगिता सम्पन्न पश्चात बाँकी रहेको सम्पुर्ण रकम सामाजिक कार्यमा खर्च हुने जानकारी दारी ग्याङ केन्द्रिय सदस्य तथा दारी ग्याङ फुटसल टुर्नामेन्ट व्यवस्थापन समिती सदस्य महेश्वर घिमिरेले जानकारी दिए ।

दारी ग्याङ नेपाली सामाजिक सञ्जालमा निकै सक्रिय सदस्य रहेको युवाहरुको समूह हो भने विगतमा यो समुहले धेरै सामाजिक कार्य गर्दै आएको र भर्खरै दारी ग्याङ युकेको आर्थिक तथा सुहास डेन्टल केयरको प्राविधिक सहयोगमा नुवाकोट लिखु गाँउपालिका वडा नम्बर ६ को एक विद्यालयमा नि:शुल्क दन्त शिविर आयोजना गरिएको थियो । यसका साथैदारी ग्याङले निरन्तर रक्तदान कार्यक्रम देखि अन्य क्षेत्रमा अतुलनीय योगदान गर्दै आएको यस समुहका केन्द्रिय सदस्य प्रवीण ज्ञवालीले जानकारी गराए ।

दारी ग्याङ फुटसलको दर्ता फारम प्रदेश तथा जिल्ला संयोजक मार्फत उपलब्ध हुनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार