“महालक्ष्मी विकास बैंकले एकल अंङ्कमा कर्जा प्रदान गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंङ्कमा कर्जाको ब्याजदर एकल अंकमा आएको छ ।  बैङ्कले  महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जामहालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर (९.९९ प्रतिशतमा) मा ग्राहकले एकल अङ्कको ब्यादरमा कर्जा पाउने बैङ्कले जनाएको छ ।

 महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय-व्यापारिक घर-जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप-पुर्ननिर्माण-मर्मत सम्भार गर्न न्यूनतम २ वर्ष देखी अधिकतम ३० वर्ष अवधी रहने गरी रु. ५ करोड सम्मको कर्जा प्रदान गर्ने छ ।

साना तथा मझौला व्यवसायीहरुको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्ष देखी १५ वर्षको अवधी सम्मको लागि व्यवसायिक कर्जा प्रदान गर्नेछ । विद्युतीय सवारीको बढ्दो मागलाई लक्षित गर्दै भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा प्रदान गर्नेछ । ग्राहकले यस अन्तर्गत रु. ३ करोड सम्मको कर्जा लिन सक्नेछ्न । विद्युतीय सवारी बाहेकको अन्य सवारीमा कोटेशन मुल्यको ५० प्रतिशत सम्म कर्जा प्रदान गर्ने बैङ्कले जनाएको छ

 बैंकको देशभर १०३ शाखा कार्यालयहरु मार्फत  बिथ्तिय कारोबार गरिरहेको छ ।  बैङ्कको वार्षिक साधारणसभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

 उल्लेखित कर्जाहरुमा आवेदन तल दिइएको क्युआर (Qr) मार्फत समेत गर्न सकिनेछ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार