नेपाल प्रिमियर लिग टी-२० क्रिक्रेट: फ्रेन्चाइज मालिक बन्ने अवसर

काठमाडौं । नेपाल क्रिक्रेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगमा फ्रेन्चाइज मालिक बन्ने अवसर उपलब्ध गराएको छ। क्यानले टी–२० नेपाल प्रिमियर लिग क्रिक्रेटको फ्रेन्चाइज मालिकका लागि बिहीबार (आरएफपी) प्रस्ताव माग गरेको हो।

इच्छुक बोलपत्रदाताले एक लाख रुपैयाँ बुझाएर क्यानको मुख्यालय मुलपानीबाट आरएफपी फारम किन्न सक्नेछन्। प्रस्ताव बुझाउने अन्तिम दिन साउन ३२ गते (अगष्ट १६) रहेको छ।

फ्रेन्चाइज मालिक बन्न आवश्यक मापदण्ड

बोलपत्रदाता प्रक्रियामा सहभागी कम्पनी आधिकारिक रुपमा नेपालमा दर्ता भएको हुनु पर्छ। बोलपत्रदाता कम्पनी भ्याटमा दर्ता भएको हुनु पर्ने र साथै कर चुक्ताको प्रमाणपत्र पेश गर्नु पर्नेछ।

अन्तर्राष्ट्रिय कम्पनी पनि फ्रेन्चाइज मालिक बन्न सक्नेछन्। तर यसका लागि नेपाली कम्पनीसँग जोइन्ट भेन्चरको रुपमा बोलपत्र प्रक्रियामा सहभागि हुनु पर्ने मापदण्ड क्यानले तोकेको छ।

यस्तै बोलपत्र प्रक्रियामा सहभागी कम्पनीका व्यक्तिहरु स्वच्छ छवि, अपराधिक मुद्दा नलागेको, वित्तीय धोखाधडी, सम्पत्ति शुद्धिकरण, अन्य गैरकानुनी आर्थिक गतिविधिमा सहभागी नभएको हुनु पर्नेछ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार