CLI

हट्यो संस्थागत शेयर धितो कर्जाको सीमा, राष्ट्र बैंकको निर्देशनको पूर्णपाठ सहित

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत शेयर धितो कर्जाको सीमा हटाएको छ। केन्द्रिय बैंकले आज शुक्रबार बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै संस्थागत शेयर धितो कर्जाको सीमा हटाएको हो।

यस अघि संस्थागत शेयर धितो कर्जाको सीमा २० करोड रुपैयाँ थियो। नयाँ व्यवस्था अनुसार र धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि मात्र यस्तो सीमा लागु नहुने केन्द्रिय बैंकको निर्देशनमा भनिएको छ।

कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit)  कुल १५ करोडको सीमामा भने कुनै परिवर्तन गरिएको छैन।

Circular2-ABC-FinalUpload

 

Leave Your Comment

Related News