CLI

ऊर्जा बन्ड र ऊर्जा ऋणपत्रलाई ऊर्जा क्षेत्रमा गरिएको लगानीको रुपमा गणना गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले का ऊर्जा बन्ड लगायतका ऊर्जासम्बन्धी ऋणपत्रमा गरेको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाइने व्यवस्था गरेको छ। केन्द्रिय बैंकले चालु आवको मौद्रिक नीतिलाई कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई आज जारी गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरेको हो।

‘उर्जा क्षेत्रसँग सम्बन्धित सार्वजनिक संस्थान र पब्लिक लिमिटेड कम्पनीहरुले जारी गरेका ऊर्जा बन्ड लगायतका ऊर्जासम्बन्धी ऋणपत्रमा गरेको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाइने छ,’ निर्देशनमा भनिएको छ। यस अघि यस्तो व्यवस्था रहेको थिएन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार