पूँजी बजार अस्वभाविक रुपमा उकालो लागिरहेको छ, सरकारले त्यसमाथि निगरानी राख्नुपर्छ : पूर्वअर्थमन्त्री महत

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाश शरण महतले पूँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह गरेका छन् । उनले शुक्रबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा यस्तो बताएका हुन् ।

पूँजी बजार अस्वभाविक रुपमा उकालो लागि रहेका बेला उनले सरकार र नेपाल राष्ट्र बैंकलाई त्यसमाथि निगरानी बढाउन आग्रह गरेका हुन् । प्रवक्ता महतले विना आधार कृत्रिम तरिकाले पुँजी बजार दोब्बरले वृद्धि भएको उल्लेख गर्दै त्यसमा सर्वसाधारणको लगानी फस्न नदिन पनि कडा निगरानी राख्न सरकारसँग आग्रह गरे ।

कम्पनीको स्ट्रेन्थ नै नभएको बेला पनि टाठाबाठाले नक्कली आधार खडा गरेर पूँजी बजार बढेको अवस्थामा रहेकाले थप लगानी गरेर सर्वसाधारण फस्ने अवस्था रहेको दाबी पनि गरे । उनले बिना आधार पुँजी बजारमा लगानी नबढाउन सर्वसाधारणलाई पनि अपिल गरे । प्रवक्ता महतले नयाँ सरकार र मौद्रिक नीतिका कारण पुँजी बजारमा केही उत्साह आउनु स्वभाविक भएपनि त्यसले दोब्बरले वृद्धि हुनु सन्तोषजनक नभएको बताए ।

उनले भने, ‘अहिले सेयर मार्केट निरन्तर माथि उठेर २७ सय पुगेको अवस्था छ । कम्पनीको स्ट्रेन्थ नै छैन । तर अस्वभाविक रुपमा त्यसको बढि राखेको छ । त्यसमा धेरै केही चलखेल गर्न सक्ने त्यसको इन्साईडेट टे्रडिङ पनि भन्छ । त्यहाँ भित्रकै सूचनाहरु लिएर, त्यसमा त हामीले छानविन पनि शुरु गरेका छौं । आर्टिफिसियल (नक्कली) तरिकाबाट कम्पनीको स्ट्रेन्थ खासै केही पनि छैन । अत्यन्त कमजोर छ । तर त्यसको सेयर बढेर डबल भन्दा पनि बढि भईराखेको छ ।’

प्रवक्ता महतले पूँजी बजारमा भएको अस्वभाविक वृद्धिप्रति सचेत रहन नियामक निकायको ध्यानाकर्षण गराए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार