भैरहवा भन्सारले बरामद गर्यो भन्सार छलिको १ सय ६२ बोरा चिनी

काठमाडौं । भैरहवा भन्सार कार्यालय चोरी तस्करी नियन्त्रण गर्न आक्रामक बनेको छ । कार्यालयले गस्ति बढाएर भन्सार छलिको सामान पक्राउ गरिरहेको हो ।

शुक्रबार बिहान ११ बजे कार्यालयबाट गएको टोलीले लुम्बिनी रोड यादव चोक भित्रबाट बिल बिजक नभएको लु २ ख २८८२ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । ट्रकमा खान्तलासी गर्दा १ सय ६२ बोरा चिनी भेटिएको छ । प्रतिबोरा ५० केजी रहेको कुल चिनी ८ हजार १ सय किलो रहेको छ ।

चिनी होलसेल मूल्य प्रतिकेजी ६० रुपैयाँका दरले हिसाब गर्दा ४ लाख ८६ हजार रुपैयाँ आउँछ । यस्तै, ट्रकको मूल्य ८ लाख मूल्यांकन गरेको छ । ट्रकमा २ सय पिस एक सुगर मिलको नाम लेखिएको बोरा समेत भेटिएको छ ।

पछिल्लो समय भारतबाट चिनी तस्करी हुने क्रम बढेको छ । चिनीमा ४० प्रतिशत भन्सार महसुल लाग्ने भएपछि भारतीय सिमा नाकाबाट चिनी तस्करहरुले धमाधम चिनी तस्कर गरिरहेका छन् । भैरहवा भन्सार कार्यालयले तस्करीको सामान पक्रिने रफ्तारलाई बढाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार