पोखरा र गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालनको लागि ओलीको पहल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि  मन्त्रालयसँग स्पष्ट योजना मागेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्बन्धित मन्त्री, सचिव र उच्चाधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान र यात्रुको चापलाई व्यवस्थित गर्न ती दुई नयाँ विमानस्थल पूर्ण सञ्चालनका लागि विद्यमान समस्या, समाधानका उपाय ल्याउन निर्देशन गरेका हुन्।

छलफलमा उनले निर्माण भएको लामो समयसम्म दुई विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएर घाटा बेहोर्नु परेको तथा काठमाडौँ विमानस्थलको क्षमताभन्दा बढी भएको विषयलाई गम्भीर रुपमा लिँदै त्यसका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरेका थिए ।

ओलीले दुवै विमानस्थल प्रभावकारीरुपमा सञ्चालनका लागि अध्यागमन लगायत अन्य सुविधा सञ्चालन गर्न, इन्धन भण्डारण विमानस्थल नजिक राख्न लागिएको भए अन्यत्र सार्न, हवाइ इन्धनको मूल्य घटाउन, मूल्य अभिवृद्धि कर र पर्यटन कर नलिने व्यवस्था गर्न, ग्राउण्ड ह्याण्डलिङ सेवा नियमअनुसार जुन निकायले पाउनुपर्ने हो त्यही निकायलाई दिन निर्देश गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सम्बन्धित सबै मन्त्रालयका सहसचिवहरु रहेको  विमानस्थल सञ्चालनको योजना ल्याउन  कार्यदल बनाएको छ कार्यदललाई   आगामी मन्त्रिपरिषद्को बैठकमा  बिमानस्थल संञ्चालनको योजना पेश गर्ने कार्यादेश दिईएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार