CLI

कुमारी बैंकका ग्राहकले  डिआइ स्किन हस्पिटल  र  डिआइ डेन्टल केयरमा छुट पाउने 

काठमाडौं । कुमारी बैंकका ग्राहकले  गोल्फुटार, काठमाडौंमा रहेको डिआइ स्किन हस्पिटल प्रा.लि. तथा डिआइ डेन्टल केयर प्रा.लि. मा छुट पाउने भएका छन्  कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई हस्पिटलहरुबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले  डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरबाट सेवाको लिएबापत भुक्तानी गर्दा  कुमारी बैंकको डेबिट-क्रेडिट कार्ड अथवा QR द्वारा गर्दा १५% सम्म छुट प्राउने छन् ।

कुमारी बैंक देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत बित्तित कारोवार गरिरहेको छ ।

Leave Your Comment

Related News