CLI

ब्याज आम्दानीसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घट्यो

काठमाडौं ।स्ट्याण्डर्ड चार्टर्ड बैंक बैंकको खुद नाफामा गिरावट आएको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ब्याज आम्दानीमा गिरावट आएसँगै नाफामा संकुचन देखिएको हो।

गत आर्थिक वर्ष २०८०/८१ मा बैंकले ३ अर्ब ३० करोड ८९ लाख ५४ हजचर रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आव २०७९/८० मा बैंकका खुद नाफा ३ अर्ब ४६ करोड ५३ लाख ३० हजार रुपैयाँ थियो। समीक्षा अवधिमा बैंकको खुद नाफा १५ करोड ६३ लाख ७६ हजार रुपैयाँ अर्थात ४.५१ प्रतिशतले घटेको छ।

अघिल्लो आवको तुलनामा गत आव बैंकको ब्याज आम्दानी ८० करोड १५ लाख ३१ हजार रुपैयाँले घटेको छ। अघिल्लो आव बैंकको ब्याज आम्दानी ५ अर्ब ९५ करोड ६० लाख २५ हजार रुपैयाँ थियो भने गत आवमा भने बैंकले जम्मा ५ अर्ब १५ करोड ४४ लाख ९४ हजार रुपैयाँ मात्र ब्याज आम्दानी गर्न सफल भएको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। बैंकको यस्तो आम्दानी १.६६ रुपैयाँ घटेर ३५.९ रुपैयाँमा सीमित भएको छ। अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको अ बैंकको प्रतिशेयर नेटवर्थ २१८.४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १७.२१ गुणा रहेको छ। यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४९ करोड रुपैयाँ छ।

Leave Your Comment

Related News