ग्रामीण विकास लघुवित्तमा ठूलो संख्या र पदमा रोजगारीको अवसर

काठमाडौं ।  ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा प्रशासन र प्राविधिक सेवा तर्फ रोजगारी खुलेको छ । प्रबन्ध सहायक छैँटौ, सहायक कम्प्युटर अधिकृत प्राविधिक छैँटौ सहायक प्रसासन चौथो तह गरी जम्मा ७४ जनाको लागि रोजगारी खुलेको हो ।  जसमा प्रबन्ध सहायक छैँटौ तहमा खुल्ता तर्फ २९ जना  महिला तर्फ ८ जना  आदीबासी जनजाती तर्फ ६ जना  मधेशी तर्फ ६ जना दलित तर्फ २ जना अपाङ्ग तर्फ १ जना  पिछडियको क्षेत्र तर्फ १ जना गरी जम्मा २९  जना को लागि माघ भएको छ सो पदमा आबेदन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरहको परिक्षा उतीर्ण गरेको  हुनु पर्नेछ ।

सहायक कम्प्युटर अधिकृत प्राविधिक छैँटौ तहमा खुल्ला तर्फ १ आदीबासी जनजाती तर्फ १ गरी जम्मा २ जना सो पदमा आबेदन दिन इच्छुक उमेद्वारले  मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर तथा सुचना प्रविधिमा न्युनतम स्नातक उत्तिर्ण गरी कम्तीमा २ बर्षको अनुभव प्राप्त गरेको हुनु पर्नेछ ।

सहायक प्रसासन चौथो तहमा खुल्ला तर्फ २३ जना महिला ६ जना आदीबासी जनजाती तर्फ ५ जना  मधेसी तर्फ ४ जना दलित तर्फ २ जना अपाङ्ग तर्फ १ जना पिछडिएको क्षेत्र तर्फ १ जना गरी जम्मा ४२ जनाको लागि रोजगारी खुलेको छ  । सो पदमा आबेदन दिन दश जोड २ वा सो सरहको परिक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ ।

रोजगारमा जान इच्छुक योग्य नेपाली नागरिकले आफूले प्राप्त गरेको नागरिकता तथा एसइइ वा सो सरह र सो भन्दा माथिको शैक्षिक योग्यताको सम्पूर्ण प्रमाणपत्र तथा ट्रान्सकृप्टहरूको प्रमाणित प्रतिलिपि, कम्प्युटर सम्बन्धी आधारभूत कोर्स पुरा गरेको प्रमाणित कागजातको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको ३ (तीन) प्रति फोटो तथा तोकिएको परीक्षा दस्तुर सहित समावेशी तर्फको समूह समेत खुलाई २१ दिन (कार्यालय समय) मित्र रीतपूर्वक दरखास्त फारम भरी संस्थाको कार्यालयमा बुझाउनु हुन पर्नेछ  ।

दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट दरखास्त पेश गर्न सकिनेछ । विदेशी विश्वविद्यालयबाट शैक्षिक प्रमाणपत्र प्राप्त गरेका उम्मेदवारहरूले नेपालको मान्यता प्राप्त विश्वविद्यालयबाट समकक्षताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार