घट्यो सुनको मूल्य

काठमाडौं । आज आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार तोलाको १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेर किर्तिमानी मूल्यमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा आइपुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २८ हजार ३४५ रुपैयाँ तोकिएको छ ।

आज शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ७८५ सय रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको मूल्य १ हजार ५३० रुपैयाँ ५० पैसा तोकिएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार