CLI

ग्लोबल आइएमई बैंकको नाफा १० प्रतिशतले घट्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा घटेको छ। बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा नाफा घटेको देखिएको हो।

गत आव बैंकले ६ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ६ अर्ब ६९ करोड ४३ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा बैंकको खुद नाफा ६७ करोड ८१ लख रुपैयाँ अर्थात १०.१३ प्रतिशतले घटेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २.६ रुपैयाँ घटेर १६.६५ रुपैयाँ झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६९.८१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.६६ गुणा रहेको छ। यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड ४५ लाख रुपैयाँ छ।

Leave Your Comment

Related News