CLI

एनआईसी एशिया बैंकको नाफा ३ अर्ब ६ करोडले घट्यो

काठमाडौं । एनआईसी एशिया बैंकको खुद नाफा बढेको छ। बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा खुद नाफा घटेको देखिएको हो।

गत आवमा बैंकले १ अर्ब ३८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवको सोही अवधिमा बैंकको खुद नाफा ४ अर्ब ४४ करोड ४७ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा बैंकको नाफा ३ अर्ब ६ करोड २९ लाख रुपैयाँ अर्थात ६८.८८ प्रतिशतले घटेको हो।

ब्याज आम्दानी घट्दा त्यसको प्रभाव बैंकको नाफामा देखिएको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। बैंकको प्रतिशेयर आम्दानी २९.१७ रुपैयाँ घटेर ९.२६ रुपैयाँमा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २०२.२४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४७.८४ गुणा रहेको छ। बैंकको वितरणयोग्य मुनाफा भने २ अर्ब ३० करोड ४० लाख रुपैयाँ ऋणात्मक छ।

Leave Your Comment

Related News