आधा वाणिज्य बैंकले नाफा बढाए, आधाले घटाए कसको कति

काठमाडौं। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये आधाले नाफा बढाएका छन् भने आधाले नाफा घटाएका छन्।

वाणिज्य बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरणबाट यस्तो जानकारी पाइएको हो। वित्तीय विवरणअनुसार १० वाणिज्य बैंकको नाफा बढेको छ समान १० वाणिज्य बैंकको नाफा घटेको छ।

गत आवमा २० वटा वाणिज्य बैंकहरुले कुल ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । अघिल्लो आवमा बैंकहरुको नाफा ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा समग्र बैंकहरुको नाफा ७ अर्ब ५७ करोड ८६ लाख रुपैयाँ अर्थात १३.४० प्रतिशतले बढेको छ।

गत आवमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक शीर्ष स्थानमा छ भने नाफा वृद्धिदरका अधारमा प्रभु बैंक अग्र स्थानमा छ। नबिल बैंकले ७ अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

यसैगरी दोस्रो सर्वाधिक नाफा कमाउने बैंकमा ग्लोबल आइएमई रहेको छ। बैंकले ६ अर्ब १ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

धेरै नाफा कमाउने सूचीमा तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ। बैंकले ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

नाफा वृद्धिदरका हिसाबले प्रभु बैंक पहिलो स्थानमा रहेको छ। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा प्रभु बैंकको नाफा १४९९.०४ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा प्रभुले ४ अर्ब ४८ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो।

यसैगरी नाफा वृद्धिदरका हिसाबले कुमारी बैंक दोस्रो स्थानमा रहेको छ। अघिल्लो वर्षको तुलनामा कुमारी बैंकको नाफा ३४५.६७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ५१ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा गत वर्ष २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ।

प्राइम बैंक नाफा वृद्धिदरका हिसाबले तेस्रो स्थानमा रहेको छ। यो बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २६७.१९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १ अर्ब २ करोड ७८ लाख रुपैयाँ नाफामा रहेकोमा गत वर्ष बढेर ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षमा सबैभन्दा कम नाफा कमाउनेमा माछापुच्छ्रे बैंक रहेको छ।  बैंकले गत आर्थिक वर्षमा १ अर्ब २५ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

वाणज्य बैंकहरुको आम्दानी

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार