झण्डै ४८ करोडले बढ्यो विकास बैंकहरुको नाफा, सबैभन्दा बढी नाफा कमाउनेमा मुक्तिनाथ

काठमाडौं ।  मुलुकमा रहेका राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुको खुद नाफा करोडौं रकमले बढेको छ । सोमबार सार्वजनिक गरेका अपरिष्कृत वित्तीय विवरण अनुरुप विकास बैंकहरुको गत आर्थिक वर्ष २०८०/८१ को मुनाफा झण्डै ४८ करोड रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा ८ वटा विकास बैंकहरुको कुल नाफा ९.३९ प्रतिशत अर्थात् ४७ करोड ७१ लाख २४ हजार रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा विकास बैंकहरुको कुल नाफा ५ अर्ब ५५ करोड ६८ लाख ७२ हजार रुपैयाँ हुदाँ आर्थिक वर्ष २०७९/८० मा ५ अर्ब ७ करोड ९७ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

समीक्षा अवधि अर्थात् आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ भने त्यसपश्चयात गरिमा विकास बैंक, साइन रेसुङगा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, सांग्रीला विकास बैंक, महालक्ष्मी विकास बैंक र ज्योति विकास बैंक रहेका छन् । समीक्षा अवधिमा मुक्तिानाथको १ अर्ब २७ करोड ९१ लाख ३४ हजार रुपैयाँ, गरिमाको १ अर्ब १३ करोड ६१ लाख ८० हजार रुपैयाँ, साइन रेसुङ्गाको ६९ करोड ७४ लाख ४५ हजार रुपैयाँ, लुम्बिनीको ६० करोड ३७ लाख ८२ हजार रुपैयाँ, कामना सेवाको ६० करोड ३२ लाख १७ हजार रुपैयाँ, सांग्रीलाको ५२ करोड ४ लाख ७२ हजार रुपैयाँ, महालक्ष्मीको ४७ करोड १ लाख ४१ हजार रुपैयाँ र ज्योतिको २४ करोड ६५ लाख १ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै आर्थिक वर्षै २०७९÷८० मा मुक्तिानाथको १ अर्ब २४ करोड ८२ लाख २६ हजार रुपैयाँ, गरिमाको १ अर्ब २६ करोड ४६ लाख ७६ हजार रुपैयाँ, साइन रेसुङ्गाको ७५ करोड ८० लाख २८ हजार रुपैयाँ, लुम्बिनीको ४९ करोड ७६ लाख ७२ हजार रुपैयाँ, कामना सेवाको ३६ करोड १३ लाख ६४ हजार रुपैयाँ, सांग्रीलाको २७ करोड ४ लाख १२ हजार रुपैयाँ, महालक्ष्मीको ३७ करोड ७५ लाख ५४ हजार रुपैयाँ र ज्योतिको ३० करोड १८ लाख १६ हजार रुपैयाँ रहेको छ । कोभिड महामारीको असर विस्तारै कम हुदै जाँदा अर्थतन्त्र लयमा फर्किन क्रमले निरन्तरता पाउदा बैंक तथा वित्तीय संस्थाहरु समेत चलयामान हदै गएको पाइन्छ , जसले गर्दा बैंक तथा वित्तीय संस्थाको नाफामा समेत सुधार देखिएको विज्ञहरु बताउछन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार