काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गतको धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु

काठमाडौं । काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गतको धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु भएको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङ मार्गको जोडी सुरुङ (Twin Tube Tunnel) मध्ये १ हजार ७२८ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फको सुरुङ मार्ग साउन २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले स्विच थिचेर ब्रेक थ्रु गरेका हुन्।

प्रधानमन्त्रीले सुरुङ मार्ग ब्रेक थ्रु कार्यक्रममा बोल्दै, काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण कार्य नयाँ प्रविधियुक्त ढङ्गले अघि बढिरहेकोमा खुसी व्यक्त गर्दै निर्माण कार्यमा आबद्ध सबैलाई धन्यवाद ज्ञापन गरे । नेपालका लागि राष्ट्रिय गौरव तथा विशेष महत्त्व राख्ने यस आयोजना नेपालको विकास निर्माणमा नमुनायुक्त रहेको बताउँदै उहाँले नेपाल टनेल युगमा प्रवेश गरेको समेत उल्लेख गरे । प्रधानमन्त्रीले काठमाडौँ(तराईरमधेस द्रुतमार्ग सडक आयोजना निर्माण कार्यमा आउने बाधा व्यवधानहरूलाई समाधान गर्न नेपाल सरकार हर हमेसा तत्पर रहेको उल्लेख गर्दै तोकिएको समयावधिभित्र कार्य सम्पन्न गर्ने गरी अघि बढ्न सम्बद्ध सबै निकायलाई निर्देशन दिए ।

सो अवसरमा प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना द्रुतमार्ग निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउँदै आयोजना निर्माण कार्यमा नेपाल सरकार लगायत सम्बद्ध निकायबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

सोमबारको कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, रक्षा मन्त्री, वन तथा वातावरण मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रतिनिधि सभा सदस्य, नेपाल सरकारका मुख्य सचिव तथा विभिन्न मन्त्रालयका सचिवहरू,  चीन तथा दक्षिण कोरियाका  राजदूत, रथीवृन्द, सञ्चारकर्मी लगायत द्रुतमार्ग निर्माणमा सहभागी सैनिक तथा गैर सैनिक व्यक्तिहरूको उपस्थिति थियो ।

यस्तै २०८१ जेठ ११ गते धेद्रे सुरुङ मार्गको जोडी सुरुङ मध्ये निजगढबाट काठमाडौँ तर्फ आउने १ हजार ६५३ मिटर लम्बाइको सुरुङ मार्ग छिचोलिएको थियो । यससँगै आयोजनामा निर्माणाधीन लेन डाँडा र धेद्रेका दुवै जोडी सुरुङ(Twin Tube Tunnel) हरू छिचोलिएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार