विदेशी मुद्रालाई नेपाली मुद्रा सटही कसरी गर्न सकिन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले जानकारी दिए अनुसार वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम अमेरिकी डलर १ हजार ५०० रुपैयाँ वा सोबराबरको परिवर्त्य विदेशी मुद्रासम्मको रकम नगदमा आफैँसँग राख्न सकिन्छ। उक्त सीमाभन्दा बढी बिदेशी मुद्रा भएमा  ३५ दिनभित्र सटही गरिसक्नुपर्दछ।

आफ्नो पहिचान खुल्ने प्रमाणपत्र पेस गरी एकपटकमा अमेरिकी डलर ५ हजार वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्रा सटही गर्न सकिन्छ।

त्यस्तै विदेशमा आर्जन गरेको प्रमाणित हुने कागजातसहित भन्सार उद्घोषण गरी कानुनी रुपमा नेपाल भित्र्याइएको परिवर्त्य विदेशी मुद्राको हकमा भने जतिसुकै रकम पनि एकैपटकमा सटही गर्न सकिन्छ।

यसैगरी आफ्नो पहिचान खुल्ने कागजात पेस गरी विदेशी इष्टमित्र र ग्राहकबाट उपहार, टिप्स आदिबापत प्राप्त भएको विदेशी मुद्रा एकपटकमा अमेरिकी डलर ५०० वा सोबराबर हुने अन्य परिवर्त्य विदेशी मुद्रा इजाजतप्राप्त मनिचेन्जरबाट पनि सटही गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार