एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

क्याप्टेनसहित ५ जनाको शव निकालिएको प्रहरीले जानकारी दिएको छ ।

हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेका छन् ।

एयर डाइनेस्टीको हेलिकप्टर काठमाडौं विमानस्थलबाट उडेको ३ मिनेटमै सम्पर्क विच्छेद भएको पाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर काठमाडौं विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ३ मिनेटपछि काठमाडौंको टावरसँग सम्पर्क विच्छेद भएको जनाएको छ ।

शिवपुरी गाउँपालिका वडा नं ७ सूर्यचौरमा दुर्घटनामा परेको पष्टी भएको प्राधिकरणले जनाएको हो ।

दुर्घटनाको खबर पाएसँगै उद्धारका लागि प्रभु हेलिकप्टर कम्पनीको ९ एन एएनएल हेलिकप्टर प्रस्थान गरेको जनाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार