CLI

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि फेरि एकैपटक ४० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार फेरि ४० अर्ब रुपैयाँ तान्न लागेको हो। यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो २१ दिने निक्षेप संकलन उपकरणको भदौ १२ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

Leave Your Comment

Related News