काभा वुमन्स नेसन्स भलिबल लिग: भारतसँग पुन नेपाल चुक्यो

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगको फाइलनमा नेपाल भारतसँग पराजित भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहल भएको फाइलन खेलमा नेपाल ३–२ को सेटमा भारतसँग पराजित भएको हो।

नेपालले २–१ सेटको अग्रता जोगाउन नसक्दा भारतसँग पराजित भएको हो।

यस अघिको लिग चरणको खेलमा भने नेपालले भारतलाई पराजित गरेको थियो। लिग चरणको खेलमा नेपालले भारतलाई ३–२ को सेटमा पारिजत गरेको थियो। यो नेपालको भारत माथि पहिलो जित थियो।

यस अघि सेमिफाइनलमा भारतले श्रीलंका र नेपालले इरानलाई सिधा सेटमा पराजित गरेको थियो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार