प्रभु बैंकको ३१५ औं शाखा प्युठानको बिजुवारमा

काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार छ । सोहि अनुरुप प्युठान नगरपालिका,वडा नं.४ प्युठान स्थित बिजुवारमा ३१५ औं शाखा बिस्तार गरेको हो  । बिस्तारित नयाँ शाखाको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जीसी ले गरेका छन् ।

बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै देशका विभिन्न भुगोलमा शाखा बिस्तार गरेर आम  सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

बैंकको यो अभियानले देशभरि बैंकिङ्ग पहुँचमा बिस्तार नभइ समग्र देशको आर्थिक विकासमा सकारात्मक योगदान दिनेछ  ।

बिजुवारमा खुलेको  शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विस्वास बैङ्कले  लिएको छ  ।

बैङ्कले  “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको प्रभु बैंक छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको बैङ्क हो  ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार