गायक प्रेम लामाको ‘लेकाली थकाली’ बोलको सेलो गीत बजारमा

काठमाडौं । गायक प्रेम लामाको ‘लेकाली थकाली’ बोलको सेलो गीत बजारमा आएको छ । उक्त गीत पि एम म्युजिक यूट्यूब च्यानलमार्फत बजारमा ल्याएको हो ।

लामो समयको अन्तरालपछी सफल गायक,संगीतकार एंव निर्देशक लामाले यस गीतमा स्वर दिएका छन भने भिडियो निर्देशन पनि उनी आँफैले गरेका छन । गायक लामा साँढे दुई दशकदेखी सांगीतिक क्षेत्रमा छन । हालसम्म उनको ५ वटा एल्बम सर्वजानिक भईसकेको छ भने अब चाडै नै छैटो एल्बमको तयारी गरिरहेको उनले बताए । गायक लामा आफुले गरेको म्युजिक भिडियो दर्शकले मन पराउनेमा विश्वास्त छन । गीतलाई जोगलाल लामाले संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।

चन्द्र लामा बम्जनको शब्द र संगीत रहेको गीतको म्युजिक भिडियोमा प्रेम लामा र प्रिया नेपालीको अभिनय रहेको छ । सुनिल श्रेष्ठले छायांकन, लोकेन्द्र सुब्बाले सम्पादन गरेको भिडियोलाई दिपउ मल्ल ठकुरीले कोरिग्राफी गरेका हुन ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार