इजरायल रोजगारी विश्वसनीय बनाउन बन्यो छानबिन समिति

काठमाडौं । सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएका सहायक कामदारहरूको छनोट प्रक्रियालाई विश्वसनीय बनाउन छानबिन समिति गठन गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता, सहसचिव गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

उनले विज्ञप्ति निकालेर नेपाल र इजरायलबीच भएको द्विपक्षीय सरकार देखि सरकार (जीटुजी) सम्झौता कार्यान्वयन गर्न यस मन्त्रालय सदैव तयार रहेको तथा (जीटुजी) मार्फत हुने छनोट प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताए।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार