मिथिला लघुवित्तको नाफा पौने ५ करोड पुग्यो

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा पौने ५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्षमा ४ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ ।

यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा ६०.४८ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले २ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्टयाएको थियो, जसका कारण कम्पनीको सञ्चालन नाफामा वृद्धि भई नाफा बढ्न टेवा पुगेको हो ।

कम्पनीले अघिल्लो आवमा सम्भावित जोखिम बापतको शीर्षकमा ३ करोड ८५ लाख रुपैयाँ छुट्याएकोमा गत आवमा १ करोड ७१ लाख रुपैयाँ छुट्याएको थियो । सोही कारण गत आवमा कम्पनीको सञ्चालनमा नाफा बढेको छ । अघिल्लो आवमा १८ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीको सञ्चालन नाफा गत आवमा बढेर ५ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षमा कम्पनीको सञ्चालन मुनाफा ५ करोड ९३ लाख ७५ हजार रुपैयाँ, सञ्चालन आम्दानी १८ करोड ८० लाख ५७ हजार रुपेयाँ र ब्याज आम्दानी १४ करोड ७४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा सञ्चालन मनुाफा १८ लाख ९९ हजार रुपैयाँ, सञ्चालन आम्दानी १३ करोड ५६ लाख २१ हजार रुपैयाँ र ब्याज आम्दानी ९ करोड ४४ लाख ७६ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ २६ पैसा छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ६५ रुपैयाँ २२ पैसा, मूल्य आम्दानी अनुपात ५६.८५ गुणा र तरलता अनुपात ७.०९ प्रतिशत छ ।

चुक्ता पूँजी १९ करोड ६० लाख रुपैयाँ रहेको कम्पनीले जगेडामा १२ करोड ७८ लाख रुपैयाँ सञ्चिति गरेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ५१ करोड रुपैयाँ सापटी लिएर, १ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ७५ करोड रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार