प्रभु इन्स्योरेन्सले बोनस शेयर वितरण गर्‍यो

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले अघिल्लो आर्थिक वर्ष २०७९/८० को बोनस शेयर वितरण गरेको छ । कम्पनीले उक्त वर्षको मुनाफाबाट ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत वैशाख २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।

उक्त प्रस्ताव पारित गरेको तीन महीनापछि साउन २३ गते कम्पनीले बोनस शेयरबापतको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको थियो । सूचीकृतपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गर्न शुरु गरिएको हो । बोनस शेयर हितग्राही खातामा नै जम्मा हुने भएकाले हालसम्म पनि हितग्राही खाता नखोल्ने सदस्यहरूलाई यथाशीघ्र खोली आफ्नो बोनस शेयर प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

कम्पनीको साविकको चुक्ता पूँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रुपैयाँको आधारमा ६ करोड ५३ लाख ६५ हजार ८०७ रुपैयाँ बराबरको बोनस शेयर वितरण गरिएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख ७ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजका आधारमा वैशाख ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको बोनस शेयर प्राप्त गर्नेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार