सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प साउन २७ देखि २९ गतेसम्म, ७ जना भाग्यमानी ग्राहकलाई आकर्षक एसोसरिज प्याकेज !

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले साउन २७ देखि २९ गतेसम्म “KEEP YOUR CAR IN TOP SHAPE, AND LET THE MONSOON BE AN ADVENTURE” नारामा मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा ध्यान नदिनाले विभिन्न समस्याको सम्भावना हुने कम्पनीले जनाएको छ । सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उहाहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुनलागेको पनि कम्पनीले जनाएको छ। सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ७ जना भाग्यमानी ग्राहकहरुले आकर्षक एसोसरिज प्याकेज पनि जित्न सक्नुहुनेछ ।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी/ हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनुहुनेछ । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत सम्मको छुट पाउनुहुनेछ भने लेवर चार्जमा २० प्रतिशतसम्मको छुट र स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशत सम्मको छुट पाउनुहुनेछ ।

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार